दफा १४
निगमले गर्न सक्ने काम कारवाई
: (१) निगमले आफ्नो कामको उचित सम्पादनको निमित्त मनासिव एवं आवश्यक भएका सबै कामहरू गर्न सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी निगमले देहायका काम कारवाईहरू गर्न सक्नेछ ः–
(क) निगमको सम्पत्ति धितोबन्धक राखी अरूसंग सापटी लिने,
(ख) निगमको कुनै सम्पत्ति भाडामा दिने, विक्री गर्ने वा अरु प्रकारको बरबन्दोबस्त गर्ने,
(ग) निगममा डिपोजिट गर्न ल्याएको सरकारी रकमको सम्बन्धमा नेपाल
सरकारको आदेश बमोजिम नेपाल सरकारको तर्फबाट कारोबार गर्ने,
(घ) विदेशी मुलुकहरूबाट निगमलाई मान्यता प्रदान गराउने र निगमप्रति जनताको विश्वास बढाउने,
(ङ) यस ऐनमा उल्लिखित विभिन्न प्रकारका कार्यको सम्पादनको सिलसिलामा परिआउने अरू सबै काम कुरा गर्ने ।